जनउत्थानमा आवद्ध सदस्य गर्भवति भएको ६ महिना पछि सो सदस्यलाई नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर गर्भवति भेटघाट गरिनेछ । यसमा जनउत्थानको तर्फाट संस्थाले तोकेको पोसिलो आहार र मायाको चिनो दिएर भेटघाट गरिनेछ र आवश्यक सल्लाह स्वास्थ्य सल्लाह सुझाव पनि दिइनेछ । सदस्य नभएको अवस्थामा सदस्य बनाएर सो सुबिधा उपलब्ध गराउन सकिनेछ ।
